Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी ५ मा तेस्रो वडाध्यक्ष कप तथा विविध खेलकुद प्रतियोगिताको उद्घाटन

बुधबार, साउन ३०, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका ५ मा तेस्रो वडाध्यक्ष कप तथा विविध खेलकुद प्रतियोगिताको उद्घाटन गरिएको छ । 

समाज दृष्टि युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको आज वडा नम्बर ५ का वडाध्यक्ष एवम् नगर प्रवक्ता खुमबहादुर खड्काले उद्घाटन गर्नुभएको हो । 

क्लबका अध्यक्ष प्रेमप्रकाश ओलीका अनुसार खुला वडा स्तरिय भलिबल प्रतियोगिता, लोक नृत्य प्रतियोगिता, स्लो बाईक रेस, रसी तान्ने र घैटो फोर प्रतियोगिता आयोजना गरिएको छ । भलिबल प्रतियोगितामा विभिन्न वडाका १४ समुहले भाग लिएका छन् । 

भलिबल खेलमा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने समुहलाई क्रमश ५० हजार, ३० हजार र २० हजार नगद पुरस्कारका साथ मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । 

आजबाट सुरु भएको प्रतियोगिता भदौ १ गतेसम्म सञ्चालन हुने बताईएको छ । 

b20532a9-4f0c-49a7-b72f-d69d06be5e62-1723638664.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:१६
प्रतिक्रिया दिनुहोस्