Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जन्मदिन मनाउने खर्चले दुर्गमका बालबालिकालाई खाद्यन्न

बुधबार, साउन ३०, २०८१
tribeni2

हरेक मान्छेलाई आफ्नो जन्मदिन बिषेश लाग्छ । यस अवसरमा खुशियाली तथा शुभकामना, आशिष प्राप्त गर्ने, भोजभेतर गर्ने, मनोरञ्जनका विभिन्न कार्यक्रमहरु आयोजना गर्ने जस्ता चलनहरु पछिल्लो समय बढी मात्रामा भईरहेको पाईन्छ । कतिपयले जन्मदिनमा फजुल खर्च गरेर होटेल तथा रेष्टुरेन्टमा केक काट्ने, भोज समेत गर्ने गरेको पाईन्छ । 

तर, बागलुङ स्थायी घर भइ काठमाडौँको टोखा बस्दै आउनुभएकी शारदा न्यौपानेले भने आफ्नो जन्मदिन मनाउने खर्चले दुर्गम जिल्लाका बालबालिकालाई खाद्यन्न सहयोग गर्नुभएको छ । उहाँले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० का ११ जना विपन्न तथा टुहुरा बालबालिकाहरुलाई खाद्यान्न वितरण उपलब्ध गराउनुभएको हो । 

उहाँले हरेक बालबालिकालाई एक बोरा चामल, ३ किलो दाल, १ लिटर तेल, १ किलो नुन र १ पोका विष्कुट उपलब्ध गराउनुभएको बाँफिकोट गाउँपालिका वडा नम्वर १०का कार्यबाहक वडा अध्यक्ष भिमबहादुर नेपालीले जानकारी दिनुभयो । यस वडाका वडाध्यक्ष हरि बहादर चन्दको समन्वयमा आज बालबालिकाहरुलाई उक्त खाद्यन्न वितरण गरिएको हो । 

न्यौपानेले आफ्नो जन्मदिन मनाउने खर्च जोगाएर बिपन्न बालबालिकालाई खाद्यन्न उपलब्ध गरानुभएको हो । विपन्न तथा टुहुरा बालबालिकाहरुकोे लागि ३३ हजार रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेको उहाँले बताउनुभयो । 

न्यौपाने लायन्स अन्तराष्ट्रिय डिष्टिक ३३५ आई  कलस्टर १२ का प्रमुख तथा लायन्स अफ काडमाडौँ ताकेश्वरको पूर्व अध्यक्ष समेत हुनुहुन्छ । उहाँले गरिब तथा विपन्न भएकै कारण कोहि पनि भोकै बस्नु नपरोस् भन्नेमान्यताका साथ भोकका बिरुद्धको राहतका लागि खाद्यन्न उपलब्ध गराउनु भएको हो । 

ffa6a917-8926-4d4e-a070-e77e980b45b5-1723641097.jpg
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्