Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
शिक्षा

शैक्षिक सुधारकाे सामुहिक प्रयत्नका रुपमा सामुदायिक संलग्नता सभाकाे आयोजना

बुधबार, साउन ३०, २०८१
tribeni2

रुकुम पूर्व/शैक्षिक गुणस्तर सुधार गर्न रुकुम पूर्वमा सामुदायिक संलग्नता सभा कार्यक्रमको आयोजना गरिएको छ । मानवअधिकार, वातावरण र विकास अभियान तथा अनुसन्धान केन्द्र हुरेड कार्स रुकुम पूर्वको आयोजनामा रुकुमकोटमा आज २ दिने सभाकोे उद्धघाटन गरिएको हो । 

बिद्यालयसंग सम्बन्धित सरोकारवालाहरुको संलग्नतामार्फत सामुदायिक बिद्यालयमा संचालित शैक्षिक क्रियाकलापलाई गुणस्तरीय रुपमा संचालन गर्न सहयोग पुर्याउने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हुरेड कार्स रुकुम पूर्वका अध्यक्ष दामोदर गौतमले जानकारी दिनुभयो । 

सामुदायिक बिद्यालयको शैक्षिक गतिबिधिहरुलाई गुणस्तरयुक्त बनाउनका लागि USAID, सिविल सोसाइटी एण्ड मिडि‌या एक्टिभिटी, सिकाइ‌मा समुदायको सह‌भागिता च्यालेन्ज फण्डको सहयोगमा द एशिया फाउण्डेश फाउन्डेशन र मानव अधिकार वातावरण र विकास अभियान तथा अनु‌सन्धान केन्द्र (हुरेड-कार्स) नेपालको साझेदारीमा रोल्पा जिल्लाको थबाङ गाउँपालिका रुकुम पूर्व जिल्लाका भूमे, सिस्ने र पुथा उत्तरगंगा गाउँपालिकामा समुदाय र सञ्जालको सहभागिता मार्फत सामुदायिक बिद्यालयको शैक्षिक सुधार कार्यक्रम संचालन भैरहेको र सोहि सन्दर्भमा यस सामुदायिक संलग्नता सभाको आयोजना गरिएको समेत अध्यक्ष गौतमले जानकारी दिनुभयो 

यसै सन्दर्भमा बिद्यालयसँग सम्बन्धित शिक्षक, बिद्यार्थीका संगसंगै बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, अभिभावक र समुदायहरुको संलग्नता बढाउनुका साथै बिद्यालय शिक्षालाई गुणस्तरीय बनाउनका निमित्त यस सभाको आयोजना गरिएको बताइएको छ । बर्तमान शैक्षिक अवस्थालाई नियाल्दै र शैक्षिक आवश्यकता अनुसार शिक्षासँग सम्बन्धित सरोकारवालाहरु आ–आफ्नो ठाउँबाट जिम्मेवार हुनुपर्नेे सहभागीहरुको भनाई छ ।

कार्यक्रमको उद्धघाटन शत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी एवम् जिल्ला समन्वय समितिका उपप्रमुख मोहन बहादुर केसीले शैक्षिक गुणस्तरका निमित्त शिक्षक र बिद्यार्थीको मात्र भुमिका नभइ हरेक तह र तप्काबाट सबै लाग्नु पर्ने बताउनुभएको छ साथै बिद्यार्थीले अधिकांश समय बिद्यालय भन्दा घर र समाजमा नै बिताउने हुदा उनिहरुकाे सहि मार्गदर्शनका लागि अभिभावक र समाजले दायित्व बोध गर्नुपर्ने बताउनु भएको छ । 

यस्तै सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले शैक्षिक सुधार सामुहिक प्रयत्न र अभ्यासबाट सम्भव हुने बताउनु भएको छ । पछिल्लो समय बिद्यार्थीहरु अनावश्यक प्रबिधिमा हाबी हुदै गएको जसले गर्दा बिद्यार्थी सामाजिक हुन नसकि ग्रसित भएको बताउनुभयो । 

यस्तै भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठले कुनै पनि योजना निर्माण गर्दा आभारभूत तहबाट सोच्नुपर्ने बताउनुभएको छ । ठुलाठुला कार्यबिधिहरु निर्माण गर्ने तर त्यसको कार्यन्वयनका लागि हम्मेहम्मे पर्ने परिस्थितीले शैक्षिक पाटोमा अपेक्षित उपलब्धि प्राप्त गर्न नसकिएको उहाँको भनाई छ । 

उक्त कार्यक्रममा जिल्लाका २ पालिका भूमे गाउँपालिका र सिस्ने गाउँपालिकाका ५/५ वटा बिद्यालयका प्रधानाध्यापक, महिला शिक्षक, बिद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु, बिभिन्न वडाका अध्यक्ष तथा सदस्य र बाल क्लबका अध्यक्ष तथा सदस्यहरु को सहभागिता रहेको छ । 

कार्यक्रमको आज पहिलो दिन शैक्षिक गुणस्तरका बिभिन्न विषमा छलफल गरिएको छ । विद्यालय शिक्षा सम्बन्धि नीतिगत व्यवस्था र बालमैत्री विद्यालयको अवधारणा र चुनौतीका सम्बन्धमा शिक्षा विकास तथा समन्वय ईकाइ रुकुम पूर्वका प्रमुख तिलक गौतमले सहजीकरण गर्नुभएको थियो भने सहजकर्ता केशव कुमार बि.सी.ले शिक्षा ऐन नियमावली एवम् स्थानीय तहबाट तोकिएका विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक अभिभावक संघका काम कर्तव्य र अधिकार, विद्यार्थी सहयोग कार्यक्रम, विद्यार्थी सहयोग कार्यक्रम संचालन बिधि पद्धती र प्रकृयाका बारेमा सहजीकरण गर्नुभएको थियो ।  

हुरेड कार्स रुकुम पूर्वका अध्यक्ष दामोदर गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्धघाटन सत्रमा जिल्ला समन्वय समिति रुकुम पूर्वका उपप्रमुख मोहन बहादुर के.सी.को प्रमुख आतिथ्यता रहेको थियो । साथै सिस्ने गाउँपालिका तथा भूमे गाउँपालिकाका अध्यक्षद्धय कृष्ण रेग्मी र होम प्रकाश श्रेष्ठको विशेष आतिथ्यता रहेको कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ का प्रमुख तिलक गौतम, सिस्ने गाउँपालिका ६ नम्बर वडा अध्यक्ष पूर्ण बहादुर मल्ल, भूमे गाउँपालिका १ का अध्यक्ष मनकाजी पुन, भूमे गाउँपालिका शिक्षा शाखा प्रमुख कौशल कुमार तिवारी, सिस्ने गाउँपालिकाका शिक्षा शाखाका शिक्षा सहायक कोइली शाही लगाएतको उपस्थिती रहेको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्