Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी नगरपालिका र खल्ती डिजिटल सेवा बिच सम्झौता

बिहीबार, साउन ३१, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका र खल्ती डिजिटल भुक्तानी  सेवा बीच राजश्व संकलन प्रणालीका लागि सम्झौता भएको छ ।

चौरजहारी नगरपालिकामा अनलाइनमार्फत्  राजश्व  सङ्कलन प्रणाली संचालनका लागि बिहिवार काठमाडौमा सम्झौता भएको हो ।

चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेर प्रसाद ढकालले राजश्व सङ्कलन कार्यलाई  सहज र प्रविधिमैत्री बनाउन अनलाइन राजश्व सङ्कलन प्रणाली सुरु हुने बताउनुभयो ।

राजश्व सङ्कलन प्रणालीलाई अनलाइनमार्फत् भुक्तानीका लागि खल्ती डिजिटल भुक्तानी  सेवासंग सम्झौता गरिएको उहाँले जानकारी दिनुभयो । बढ्दो डिजिटल साक्षरतासँगै सेवा प्रवाहमा सूचना प्रविधिको उपयोगलाई स्थापित गर्न अनलाइनमार्फत् राजश्व सङ्कलन गर्ने व्यवस्था मिलाइएको ढकालले बताउनुभयो ।

उहाँले अब राजश्वका लागि नगद पैसा बोकेर जान अनिवार्य नहुने उल्लेख गर्नुभयो । प्रविधि उपयोग गर्न सक्नेहरूका लागि  राजश्व बुझाउन सहज हुने बिश्वास नगरपालिकाले लिएको छ । यस कार्यले समयमै राजश्व बुझाउन नसक्दा करदाता जरिवानामा पर्ने  अवस्थासमेत अन्त्य हुने विश्वास गरिएको छ ।

व्यवसाय दर्ता, नवीकरण, समूह दर्ता,  फर्म सूचीकृत लगायतका सेवाका लागि पहिलो चरणमा सेवा प्रवाह सुरु गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो । बाँकी सेवालाई पनि विस्तार गर्दै लिइने नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  २०:४०
प्रतिक्रिया दिनुहोस्