Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चाईनाबगरमा पहिरोले जिप पुरियो, मध्यपहाडि सडकखण्ड अवरुद्ध

शुक्रबार, साउन ३२, २०८१
tribeni2

रुकुम पश्चिम । अविरल वर्षाको कारण मध्यपहाडि सडकखण्डको चाईबगरमा पहिरो खस्दा एक गाडि पुरिएको छ ।

सानीभेरी गाउँपालिका -१ चाईनाबगरमा मध्यपहाडि सडकमा आएको पहिरोले रा १ ज १३६२ नम्वरको डबल क्याप बोलेरो जिपलाई च्यापेको हो । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार बिहिबार रातीबाट आएको बर्षाको कारण मध्यपहाडि राजमार्गमा पहिरो खस्दा रोकिराखेको जिप पहिरोले च्यापिएको हो । घटनाबाट कुनै मानविय क्षति भने भएको छैन । 

बिरामी बोकेर आएको उक्त जिप पहिरोले अगाडि बड्न नसक्दा केहि समय पहिला मान्छे झरेका थिए । अहिले पहिरोमा च्यापिएको जिप निकाल्नको लागि जेसिबी लगाईएको बताईएको छ । 

सानीभेरी गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष टेकबहादुर पुनका अनुसार गत कार्तिक १७ गते जाजकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको कारण चिरा चिरा परेको मध्यपहाडि सडकखण्डमा पहिरो भएको हो । 

यस स्थानमा अझै ठुलो पहिरोको जोखिम रहेको उहाँले जानकारी दिनुभयो । जमिनको भाग ज्यादै नै कमजोर बनेकोले सडकको ट्रयाक नै बदल्नुपर्ने उहाँको भनाई छ । 

यस स्थानमा गएको पहिरोको कारण मध्यपहाडि अवरुद्ध हुँदा रुकुम पश्चिमको जिल्ला सदरमुकामबाट चौरजहारी, नेपालगञ्ज, सुर्खेत जाने यातायातका साधनहरु रोकिएका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०८:५६
प्रतिक्रिया दिनुहोस्