Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पितिबाङमा बढ्यो बाढी, राप्ती राजमार्ग अवरुद्ध

शुक्रबार, साउन ३२, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ र १२ मा पर्ने पितिबाङ खोलामा आएको बाढीको कारण राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

लगातारको बर्षाको कारण खोलामा आएको बाढीले खोला पार गर्न सक्ने अवस्था नभएपछि सडक अवरुद्ध भएको हो । 

वर्षाका कारण पितिवाङ खोलाको बहाव समेत बढेकोले राप्ती राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार खोलामा रहेको कल्भर्ट क्रस गरेर खोला बढेको छ ।  

अहिले यस स्थानमा रुकुम पूर्व, रुकुम पश्चिम हुँदै सल्यान, दाङ, नेपालगञ्ज र काठमाडौ जाने र बाहिरबाट आउने दर्जनौ सवारी साधनहरु रोकिएका छन् । पानीको सतह घट्ने बित्तिकै राजमार्ग सुचारु हुने बताईको छ । 

यो खोलामा निर्माणाधिन मोटरेबल पुल अलपत्र अवस्थामा रहेको छ । पुल नहुँदा बर्सेनि वर्षायाममा यसैगरी अवरुद्ध हुने गरेको छ । ठेकेदारको लापरबाहिको कारण यस स्थानमा सयौ सर्वसाधारण तथा यात्रुहरुले सास्ती पाउने गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  ०९:३८
प्रतिक्रिया दिनुहोस्