Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

विपदबाट मृत्यु तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत प्रदान

शुक्रबार, साउन ३२, २०८१
tribeni2

रुकुम पश्चिममा मनसुनजन्य विपदको कारण मृत्यु भएका र बेपत्ता भए परिवारका आफन्तलाई राहत प्रदान गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले पाँच जना मृतक तथा बेपत्ता व्यक्तिका आफन्तलाई नौ लाख रुपियाँ राहत प्रदान गरेको हो। 

कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मीका अनुसार विपद पीडित उद्धार र राहत सम्बन्धी ९(सातौं संशोधन) मापदण्ड, २०७७ बमोजिम राहत उपलब्ध गराइएको हो। 

गत असार ३१ गते रातिको अविरल वर्षाको कारण आठबिसकोट नगरपालिका –१२ को झिन्चौरमा बाढीले टहरा बगाउँदा साउन १ गते बिहान तीन बालिकाको मृत्यु भएको थियो भने एक पुरुष बेपत्ता हुनुभएको थियो । सोहि नगरपालिका १२ निवासी ८ वर्षिया धनिषा पुन र १० वर्षिया हितमाया पुन र वडा नम्वर ९ निवासी ४ बर्षिया मनिषा सार्कीको टहरासँगै पुरिएर मृत्यु भएको थियो भने वडा नम्वर १२ निवासी ३७ वर्षिय डिल्लीबहादुर बुढाथोकी बेपत्ता हुनुभएको थियो । 

त्यसैगरी साउन ३ गतेका दिन वडा नम्वर १२ कै ५५ बर्षिय चन्द्र बहादुर पुनलाई बाढीले बगाउँदा मृत्यु भएको थियो । मृतक तथा बेपत्ताका नजिकका कानुनी हकदारलाई जिल्ला विपद कोषबाट जनही २ लाखको दरले राहत उपलब्ध गराइएको हो । 

मृतक धनिषा र हितमाया एकाघरको भएकोले मापदण्ड अनुसार ३ लाख रुपैयाँ राहत दिएको हो भने अन्य सबैलाई दुई लाखको दरले राहत उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ। 

मृतक तथा बेपत्ताका कानुनी हकवालाको बैंक खातामा उक्त राहत रकम जम्मा गरिएको हो।

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १०:१६
प्रतिक्रिया दिनुहोस्