Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी वारियर्सले जित्यो एक लाख एक हजार एक सय एक राशिको फुटबल

२०७८ कार्तिक १६
tribeni2

रुकुम पश्चिम / चौरजहारी वारियर्स गत बिहिबार देखि रुकुम पश्चिमको चौरजहारीमा सञ्चालन भएको फुटवल प्रतियोगिताको विजेता बनेको छ । मंगलबार त्रिवेणी युवा क्लब दल्ली जाजरकोटलाई हराउँदै चौरजहारी वारियर्सले विजेताको स्थान प्राप्त गर्न सफल भएको हो ।

विजेता वारियर्सले नगद एक लाख एक हजार एक सय एक रुपैया हात पारेको आयोजक नाखिरा युवा क्लबका अध्यक्ष तेजबहादुर बिष्ट (ओके)ले बताउनुभयो । उप विजेता भएको त्रिवेणी युवा क्लब दल्लीले भेन ५१ हजार एक सय ११ रुपैया हात पारेको छ ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा न १ एर्पोर्टमा दशै तिहारको अवसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिताको मंगलबार पुरस्कार वितरणसँगै समापन गरिएको छ । नाखिरा युवा क्लबको आयोजनामा खुल्ला पुरुष फुटबल र खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगिता समापनको अवसरमा विजेता, उप विजेता लगायत बिभिन्न स्थान प्राप्त गर्न सफल खेलाडि तथा समुहलाई चौरजहारी नगरपालिका वडा न १ का अध्यक्ष भद्र बहादुर बिष्ट र क्लबका अध्यक्ष तेज बहादुर बिष्ट (ओके)ले नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गर्नुभएको खेलकुद संयोजक राजु सुनारले बताउनुभयो ।

पुरुष भलिबल तर्फको खेल नाखिरा युवा क्लबले जितेको छ। नाखिराले २५ हजार नगदको साथमा प्रमाणपत्र पाएको छ भने नव प्रतिभा युवा क्लब सल्यानले दोस्रो स्थान हाँसिल गरेर १५ हजार पुरस्कार हात पारेको छ ।

तृतिय स्थान प्राप्त गर्न सफल कुपिण्डे सल्यानको जुनतारा नव युवा क्लबले ५ हजार नगद पुरस्कार पाएको छ ।

प्रतियोगितामा फुटबल तर्फ उत्कृष्ट खेलाडीको रुपमा उपहार पुनमगर, सर्वाधिक गोलकर्ता सलन सुनार र उत्कृष्ट गोलरक्षक नबिन बुढाथोकी घोषित भएका छन् । भलिबल तर्फ सुरेन्द्र खत्री उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईक सुनील खत्री (ह्याप्पी) र उत्कृष्ट लिफ्टर प्रेम शर्मा घोषित भएको आयोजकले जनाएको छ ।

कार्यक्रम समारोहमा भलिबलका पुर्व राष्ट्रिय खेलाडी यदु कुमार आचार्यले स्थानीय स्तरमा आयोजना हुने प्रतियोगिताले खेलाडीको स्तर वृद्धि विकासमा मद्दत पुगेको उल्लेखगर्नुभयो । उहाँले खेलकुदमा स्थानीय सरकार र जनप्रतिनिधिको विशेष योगदान हुनु पर्ने समेत उल्लेख गर्नुभयो ।

प्रतियोगिता सम्पन्न गराउन सहयोग गर्नु हुने सहभागी सम्पूर्ण खेलाडी, दर्शक, जनप्रतिनिधी, स्थानीय राजनितिक दलका नेता कार्यकर्ता, व्यापारी बुद्दिजिवि, सुरक्षाकर्मी, पत्रकार, स्वयंसेवक लगायतलाई प्रशंसा पत्र प्रदान गर्नुहुदै आयोजक नाखिरा युवा क्लबका अध्यक्ष तेज विष्ट (ओके) ले सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । आगामी दिनहरुमा पनि यस्ता खालका कार्यक्रमहरु आयोजना गरिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्