Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारीको थापापाखा पहिरोको उच्च जोखिममा

शुक्रबार, साउन ३२, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ घारीगाउँ माथि रहेको थापापाखा बस्ती पहिरोको उच्च जोखिममा रहेको छ।

गए रातिको अविरल वर्षाको कारण बस्तीमा गएको पहिरोले यहाँका सात घर परिवार विस्थापित भएका छन् ।

स्थानीय तिलक भण्डारीका अनुसार हिउसरी थापा, बिरबल थापा, परि थापा, दिलबहादुर थापा, जुपी थापा, र काले थापाको घर र टहरा पहिरोको जोखिममा रहेका छन् ।

बस्तीमुनि खनिएको सडकको कारण यहाँका घरहरू जोखिममा रहेका हुन् । पहिरोले घरको आँगन र  गोठमा क्षति गरेको स्थानीयले जानकारी दिएका छन् ।
यसका साथै मकै, केरा र आँपको खेती समेत पहिरोले क्षति पुर्‍याएको छ।

IMG-20240816-WA0015-1723795744.jpgगाउँभन्दा माथिल्लो भूभागबाट आएको लेदो र गेगर सहितको पहिरोको कारण गाउँ र तल्लो बस्तीका खेतबारीमा समेत असर परेको भण्डारीले बताउनुभयो।

पहिरोको उच्च जोखिममा रहेका सात घरपरिवार मध्य कोही आफन्तको घरमा र कोही अस्थायी टहरामा आश्रय लिएर बसेको बताइएको छ।

IMG-20240816-WA0009-1723795788.jpgपहिरो प्रभावित परिवारलाई तत्काल राहत तथा आश्रयस्थलको आवश्यकता रहेको छ ।

घारीगाउँ बजार हुँदै थापापाखा भएर कालिमाटी जाने उक्त सडक अहिले खोलामा परिणत भएको छ। स्थानीयले सडक मर्मतको समेत माग गरेका छन्। 

प्रकाशित मिति: शुक्रबार, साउन ३२, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्