Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ठाउँ-ठाउँमा गएको पहिरोले मध्यपहाडी राजमार्गको रुकुम पश्चिमखण्ड अवरुद्ध

आइतबार, भदौ २, २०८१
tribeni2

लगातारको बर्षाको कारण गएको पहिरोले मध्यपहाडी राजमार्गको रुकुम पश्चिम खण्ड आईतबार बिहानै देखि अवरुद्ध भएको छ । 

राजमार्गको विभिन्न स्थानमा गएको पहिरो खस्ने क्रम जारी रहेकोले पन्छाउने कार्य समेत सफल हुन सकिरहेको छैन । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलले राजमार्गको रुकुम पश्चिम खण्डको करिब एक दर्जन स्थानमा पहिरो गएको बताउनुभयो । 

चौरजहारी देखि रुकुमपूर्वको सिमानासम्म विभिन्न स्थानमा पहिरो झर्ने क्रम समेत रोकिएको छैन । पहिरो रोकिएका केहि स्थानमा पालिकाको डोजर लगाएर पहिरो पन्छाउने कार्य भईरहेको डिएसपी पोखरेलले जानकारी दिनुभयो । 

भारी वर्षाको कारण चौरजहारी नगरपालिका –८ को कालेखोला, सानीभेरी गाउँपालिका –१ को पक्रैया, चाईनाबगर, वडा नम्वर ७ को सहरे लगायतका स्थानमा पहिरो खसेको छ । 

पहिरोको कारण दर्जनौ यातायातका साधन र यात्रुहरु बाटोमै अलपत्र अवस्थामा रहेका छन् । पहिरोकै कारण पक्रैया र चाईनाबगर बिरामी बोकेर गएका एम्बुलेन्स समेत रोकिएका छन् । 

सानीभेरी गाउँपालिका १ का वडा अध्यक्ष टेकबहादुर पुनले गाउँपालिकाको डोजर लगाएर चाईना बगरको पहिरो पन्छाउने काम भईरहेको बताउनुभयो । चाईनाबगर देखि गिठाकोटसम्मका विभिन्न स्थानमा गएको पहिरो हटाएको तर माथीबाट पहिरो खस्ने कार्य नरोकिएको उहाँले जानकारी दिनुभयो । 

पहिरोको कारण बिहानै देखि रुकुमपश्चिमबाट मध्यपहाडि हुँदै चौरजहारी, जाजरकोट, सुर्खेत, नेपालगञ्ज जाने यातायातका साधनहरु रोकिएका छन् । चौरजहारी तर्फबाट जिल्ला सदरमुकाम आउने कुनै पनि यात्रुबहाक बसहरु आज चलेका छैनन् । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्