Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा किसान आफैले मर्मत गरे सिंचाई नहर

आइतबार, भदौ २, २०८१
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९ मा रहेको घट्टाखेत राडिज्यूला सिंचाई आयोजना सञ्चालनमा आएको छ । 

स्थानीयवासी तथा किसानहरु आफैले नहर मर्मत गरेपछि सिंचाई योजना पुनः सञ्चालनमा आएको हो । 

गत असार तेस्रो साता देखि यो सिंचाई नहर अवरुद्ध भएको थियो । स्थानीय युवा ललित चन्दका अनुसार बाढी र पहिरोको कारण नहरको मुहान र विभिन्न भागमा क्षती भएपछि नहर अवरुद्ध भएको थियो । 

किसानहरुले बाढीले बगाएको नहरको मुहान मर्मत गर्नका साथै पहिरो तथा ढुंगा पन्छाएर सिंचाई नहर सुचारु गरेका हुन् । नहर अवरुद्ध हुँदा माथिल्लो राडि, तल्लो राडि र बगरका खेतीयोग्य जमिनमा सिंचाई सुविधा पुग्न सकेको थिएन ।  

456034763_122196197732015897_4540502355197049134_n-1723983263.jpgमहिना दिन पुग्दा पनि कहिकतैबाट नहर मर्मत तथा सञ्चालनका लागि वास्ता नभएपछि किसानहरु आफैले नहर मर्मत गरेर सञ्चालनमा ल्याएको चन्दले जानकारी दिनुभयो । 

स्थानीय जानकीदेवी उपाध्यायको नेतृत्वमा ललित चन्द, कालीबहादुर खत्री, कपिल शर्मा, कर्णबहादुर केसी, हरि बटाला, दिपक खत्री, मुक्तिकुमार शाही, बिरेन्द्र बटाला लगायतले श्रम गरेर नहर मर्मत गर्नुभएको हो । 

आठबिसकोट नगरपालिका वडा नम्वर ९ का वडा सदस्य नवराज मल्लले सिंचाई नहरको मुहानमा पानीको रोकथामको लागि स्थानीय ललित चन्द र दिपक खत्रीले तीन वटा त्रिपाल उपलब्ध गराउनुभएको र आठबिसकोट नगरपालिकाले जेसिबी उपलब्ध गराएको बताउनुभयो । सिंचाई नहर सञ्चालनका लागि किसानहरु आफै खटिएर उदाहरणिय काम गरेको मल्लको भनाई छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:००
प्रतिक्रिया दिनुहोस्