Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीमा भदौ ३ र ४ गते सार्वजनिक बिदा

आइतबार, भदौ २, २०८१
tribeni2

सुर्खेत । कर्णाली प्रदेशभर भदौ ३ र ४ गते सार्वजनिक बिदा हुने भएको छ । 

३ गतेका दिन जनै पूर्णिमा तथा रक्षा बन्धनको अवसरमा देशभर सार्वजनिक बिदा हुने भएको हो भने ४ गते प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा कर्णाली प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो । 

कर्णाली प्रदेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ४ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा हुने जानकारी दिएको छ । उक्त सूचना अनुसार गत वैशाख १७ गते बसेको कर्णाली सरकार मन्त्रिपरिषद्को बैठकले बिदा दिने निर्णय गरेको थियो । 

भदौ ४ गते मंगलबार कर्णाली प्रदेशका सबै सरकारी तथा सार्वजनिक सङ्घ संस्थाहरू बन्द रहने छन् । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १८:४५
प्रतिक्रिया दिनुहोस्