Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सिस्ने स्वास्थ्य चौकीका लागि गाउँपालिकालाई अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण

आइतबार, भदौ २, २०८१
tribeni2

रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई अल्ट्रासाउण्ड मेशिन हस्तान्तरण गरिएको छ । 

सिस्ने स्वास्थ्य चौकीमा अल्ट्रासाउण्ड सेवा सञ्चालनका लागि फेयर मेड फाउन्डेशन/सर्वाङ्गिण विकास केन्द्र (एच.डि.सि.) ले उक्त मेशिन सिस्ने गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

सर्वाङ्गिण विकास केन्द्रका परियोजना संयोजक उदय केसीका अनुसार ग्रामीण क्षेत्रका गर्भवती महिलाहरूलाई स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड जाँचको सुविधा उपलब्ध गराई सुरक्षित मातृत्व सुनिश्चित गर्न र गर्भावस्थाको समयमा जोखिम पहिचान गर्न अल्ट्रासाउण्ड मेशिन प्रदान गरिएको हो।

यसका साथै गर्भावस्था सम्बन्धी समस्याहरूको पहिचान गरी समयमै उपचार गर्ने व्यवस्था गरेर मातृ तथा शिशु मृत्युदर घटाउन र स्वास्थ्य सेवाको गुणस्तर सुधार गरी विश्वासको वातावरण जागृत गराउने उद्देश्यले उक्त मेशिन उपलब्ध गराईएको परियोजना संयोजक उदय केसीले जनाउनुभयो । 

मेशिनको साथमा ब्याकअपको लागि यूपिएस र एक थान ब्याट्री गरी जम्मा रकम पाँच लाख २१ हजार ४९५ रुपैयाँ बराबरको सामग्री समेत हस्तान्तरण गरिएको छ । 

सर्वाङ्गिण विकास केन्द्र (एचडिसि) नेपाल का अध्यक्ष ई. संगित रेग्मी र परियोजना संयोजक उदय केसीले सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको विशेष उपस्थितिमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवत बुढाथोकी र स्वास्थ्य संयोजक सुरेन्द्र यादवलाई सिस्ने स्वास्थ्य चौकीबाट सेवा प्रवाह हुनेगरी उक्त मेसिन हस्तान्तरण गर्नुभएको हो ।

यसका साथै स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेश बुटवलको आयोजना, स्वास्थ्य कार्यालय रुकुम पूर्वको संयोजन र फेयरमेड, एचडिसि नेपालको आर्थिक सहयोगमा सिस्ने स्वास्थ्य चौकी र हुकाम स्वास्थ्य चौकीबाट १/१ जना गरी दुई जनालाई एसबिए तालिम प्राप्त नर्सिङ स्टाफका लागि २१ दिने ग्रामीण प्रसूति अल्ट्रासाउण्ड सेवा तालिमका लागि आम्दा अस्पताल झापामा पठाउन लागिएको बताईएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  २१:३०
प्रतिक्रिया दिनुहोस्