Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु

सोमबार, भदौ ३, २०८१
tribeni2

 जाजरकोटमा अविरल वर्षापछि आएको पहिरोले अस्थायी टहरा पुरिँदा एकै घरका तीन जनाको मृत्यु भएको छ ।

आइतबार राती जिल्लाको नलगाड नगरपालिका २ माझगाउँमा आएको पहिरोले लालबहादुर परियारकोे अस्थायी टहरा पुरिँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी पुरुषेत्तम पाण्डेले मृत्यु हुनेहरुमा ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनिशा परियार र २ वर्षीय शिभम परियार रहेको बताउनुभयो । मृत्यु तीन जना एकै परिवारका सदस्य रहेका छन् ।

घटनाको खबर पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय दल्लीबाट प्रहरी घटना स्थलतर्फ गएर सबै मृतकको शव निकालेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १०:११
प्रतिक्रिया दिनुहोस्