Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीको खुम्चेरीमा सुतेको कोठामा एक पुरुष मृत फेला, हत्याको आशंका

सोमबार, भदौ ३, २०८१
tribeni2

रुकुम पश्चिममा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । 

जिल्लाको त्रिवेणी गाउँपालिका ४ खुम्चेरीका ४२ बर्षिय डिलबहादुर बुढा सुतिरहेको कोठामा मृत अवस्थामा फेला परेका हुन् । 

त्रिवेणी गाउँपालिका वडा नम्वर ४ का वडा अध्यक्ष नन्नराम बाँठाले स्थानीय मोहबिर खत्रीको घरमा गएर सुतेका बुढा मृत अवस्थामा फेला परेको बताउनुभयो । उहाँको शरिरमा चोट रहेको समेत उहाँले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक (डिएसपी) नवराज पोखरेलका अनुसार घटना आईतबार बेलुका नै भएको र हत्या भएको आशंका गरिएको छ ।  

घटनाको जानकारी पश्चात प्रहरी चौकी झुल्नेटाबाट एक टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बखत बहादुर शाहीको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा पुगेको डिएसपी पोखरेलले जानकारी दिनुभयो । 

घटनास्थल मूचुल्का लगायतका काम भईरहेको र आवश्यक प्रक्रिया पुरा गरेर जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टमका लागि शव ल्याउने तयारी भईरहेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान पछि थप विवरण खुल्ने बताईएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्