Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिरामी भेट्न हिंडेका शशिरामको बाँदरपानीको ठुला भिरबाट लडेर मृत्यु

सोमबार, भदौ ३, २०८१
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -२ बाँदरपानी गाउँमा रहेको ठुला भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । 

आईतबार साँझ बादँरपानी गाउँका ६३ वर्षीय शशिराम ओलीको गाउँ नजिकैको ठुला भिरबाट लडेर मृत्यु भएको वडा सदस्य भिमदत्त बुढाथोकीले जानकारी दिनुभयो । 

उहाँका अनुसार गाउँले बिरामी भएको खबरपछि भेट्न जानलाई उहाँ भिरको साँघुरो र चिप्लो बाटोबाट जाने बेला भिरबाट लड्नभएको थियो । करिब दुई सय मिटर तल खसेका उहाँको घटनास्थलमै मृत्यु भएको थियो । 

दह चौरबाट पानीगैरा जाने क्रममा उहाँ भिरबाट लड्नु भएको हो । मृतक ओलीका चार छोरा र दुई छोरी हुुनुहुन्छ । तीन भाई छोरा रोजगारीको लागि भारतमा रहनुभएको छ भने एक भाई मलेसिया जानुभएको छ । दुई बहिनी छोरीको बिहे भईसकेको छ । उहाँ घरमा श्रीमतीको साथमा बस्दै आउनुभएको थियो । 

दिनभर कुलपूजाको कार्यमा सरिक उहाँ साँझपख आफन्त बिरामी भएको खबरपछि भेट गर्नलाई जाने क्रममा भिरबाट लड्नुभएको हो । उहाँको आज दाहसंस्कार समेत गरिएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्