Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीमा एक पुरुषको हत्या आरोपमा श्रीमान् श्रीमती पक्राउ

सोमबार, भदौ ३, २०८१
tribeni2

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका -४ दम्दुका एक पुरुषको हत्या आरोपमा सोहि गाउँका एक दम्पती पक्राउ परेका छन् । 

अन्दाजी ४३ बर्षीय डिलबहादुर बुढाको हत्या आरोपमा प्रहरीले २६ बर्षीय सन्तोष केसी र २४ बर्षीया मिना बुढाथोकी केसीलाई पक्राउ गरेको हो । सन्तोष र मिना श्रीमान श्रीमती हुनुहुन्छ । दम्पतीसँगै सन्तेषका बुवा ६१ वर्षीय मोहवीर खत्रीलाई समेत सोधपुछका लागि ल्याईएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखत बहादुर शाहीका अनुसार आईतबार बेलुका बुढाको हत्या भएको हो । बुवा मोहबिर खत्रीको साथमा आफ्नै घरमा आएका बुढालाई केसी दम्पतीले हत्या गरेको खुल्न आएको उहाँले जानकारी दिनुभयो । 

उहाँका अनुसार बुवाको साथमा आएका बुढाले मादक पदार्थ सेवन गरेका थिए । सन्तोष घरभन्दा केहि पर गएको बेला उहाँको श्रीमती मिनालाई मृतक बुढाले अश्लिल शब्द प्रयोग गर्दै हातपात गरेका थिए ।

सोहि क्रममा मिनाले प्रतिकार गर्ने क्रममा नजिकै रहेको दाउराको चिर्पटले हानेको र सोहि समयमा सन्तोष समेत आएर सोहि चिर्पटले टाउकोमा हानेको खुल्न आएको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । त्यसपछि बुढाको टाउकोमा चोट लागेको र रक्ताम्य भएर ढलेको बताईएको छ । 

बुढा मृत अवस्थामा फेला परेको भन्दै प्रहरीलाई सोमबार बिहान जानकारी गराईएको थियो । प्रहरी निरीक्षक शाहीले घटनास्थल पुगेर अनुसन्धा गर्दा हत्या भएको पत्ता लागेको र हत्यामा संलग्न दुबै जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याईएको बताउनुभयो । 

घटनास्थल मूचुल्का लगायतका काम समेर मृतकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा ल्याईएको छ । प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्