Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अत्याधिक रक्तश्राव भएकी सुत्केरी र नवजात शिशुको हेलिकोप्टरमार्फत उद्धार

सोमबार, भदौ ३, २०८१
tribeni2

रुकुम पश्चिमबाट अत्याधिक रक्तश्राव भएकी सुत्केरी र नवजात शिशुलाई हेलिकोप्टरबाट उद्धार गरिएको छ । 

सोमबार जिल्लाको आठबिसकोट नगरपालिका –२ स्यालागाउँ निवासी १८ बर्षीया दिपा रोका मगर र उहाँको नवजात शिशुको हेलिकोप्टर मार्फत उद्धार गरिएको हो । 

आठबिसकोट नगरपालिका प्रमुख रबि केसीका अनुसार सोमबार दिउँसो स्यालाखदी स्वास्थ्य चौकीमा जटिल खालको प्रसुति भएपछि दिपाको अत्याधिक रक्तश्राव भईरहेको थियो ।

आमा र बच्चाको ज्यान नै जोखिममा रहेकोले जिल्ला प्रशासन कार्यालयको समन्वयमा नेपाली सेनाको हेलिकोप्टर मार्फत आज बेलुका ६ बजे सुर्खेत लगिएको नगर प्रमुख केसीले जानकारी दिनुभयो । 

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी र नवजात शिशुको हेलिकोप्टर मार्फत उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।  

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्