Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना, १२ यात्रु घाइते 

सोमबार, भदौ ३, २०८१
tribeni2

सुर्खेत । बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् । 

नेपालगन्जबाट वीरेन्द्रनगर सुर्खेत आउँदै गरेको फोर्स गाडी सोमबार रत्न राजमार्गको सुब्बाकुना–छिन्चु सडक खण्डमा दुर्घटनामा परेको हो ।

लु १ च सवारी दुर्घटना ४०९१ नम्बर को फोर्स गाडी भेरीगंगा–१२ पाडुलेमा दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिनुभयो । 

घाइतेमध्ये दुई जनालाई धेरै चोट लागेको उहाँको बताउनुभयो । घाइते सबैको प्रदेश अस्पतालमा वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १९:४७
प्रतिक्रिया दिनुहोस्