Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दुर्घटनामा घाईते सर्केगाड गाउँपालिका उपाध्यक्ष कार्कीको मृत्यु

मंगलबार, भदौ ४, २०८१
tribeni2

हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्र सिह कार्कीको निधन भएको छ । 

सोमबार सुर्खेतबाट नेपालगञ्ज जाने क्रममा गाडि दुर्घटनामा परेर घाईते हुनुभएका उपाध्यक्ष कार्कीको उपचारको क्रममा गएराती तीन बजे निधन भएको गाउँपालिका अध्यक्ष ठानबहादुर रोकायाले जानकारी दिनुभयो । 

मेडिकल कलेज नेपालगञ्जमा उपचारको क्रममा उहाँको निधन भएको हो । कार्की नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिको सचिवालय सदस्य समेत हुनुहुन्थ्यो । उहाँको  श्रीमती जुक्मित लामा कर्णाली प्रदेशसभा सदस्य हुनुहुन्छ । 

सोमबार सुर्खेत नेपालगञ्ज जाने क्रममा कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको गाडी रत्न राजमार्ग अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर–५ को मोडमा दुर्घटना भएको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०८:३२
प्रतिक्रिया दिनुहोस्