Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

गोतमकोटमा फलेका स्याउ बिक्रिको लागि बजार अभाव 

किसान भन्छन् : 'यस वर्ष पनि कुहिएर फाल्नुपर्छ कि भन्ने चिन्ता छ' 
मंगलबार, भदौ ४, २०८१
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका –५ गोतामकोटमा उत्पादन भएका स्याउ बिक्रिको लागि बजारको समस्या रहेको छ । बारीमा बिक्रियोग्य भईसकेका स्याउले बजार नपाउँदा किसानहरु चिन्तित भएका छन् । 

अघिल्लो वर्ष फलेका यहाँका स्याउले बजार नपाँदा कुहिएर फाल्नु परेको किसानहरुको भनाई छ । स्याउ उत्पादक किसान नरबहादुर शाहीले आफ्नो बारीमा रहेका करिब ७५ वटा स्याउका बोटका फल बिक्रिको लागि तयार रहेको बताउनुभयो । 

दुई रोपनी जग्गामा स्याउ लगाउनुभएका शाहीले अघिल्लो बर्षभन्दा यसपटक धेरै स्याउ फलेको तर बिक्रि नहुँदा कुहिएर खेर जान्छ कि भन्ने पीर लागेको जनाउनुभयो । उहाँले आफ्नो बारीमा मात्रै करिब दश क्विन्टल स्याउ बिक्रियोग्य रहेको जानकारी दिनुभयो । 

Apple_Rukum_Raju-(1)-1724145123.jpgअर्का किसान बिरबहादुर भण्डारीले दुःखजिलो गरेर फलाएका स्याउले समयमै बजार र सोचेजस्तो मूल्य नपाउँने समस्या रहेको बताउनुभयो । उहाँको बारीका करिब ६० बोटमा लटरम्म फलेका स्याउ बिक्रियोग्य छन् ।

स्याउले बजार र मूल्य पाउने भएमा आगामी दिनहरुमा स्याउ खेति बिस्तार गर्ने सोच रहेको उहाँले जनाउनुभयो । आफूले करिब दुई हजार दाना स्याउ टिपेर राखेको तर तौल नगरेको उहाँले बताउनुभयो । 

यहाँका करिब ३० जना किसानले उत्पादन गरेका स्याउ अहिले बिक्रिका लागि तयारी भएका छन् । अघिल्लो दुई वर्षयता यहाँ स्याउ उत्पादन हुन थालेको हो । अघिल्ला दुई वर्ष फलेका स्याउ बजार अभावमै खेर फाल्नु परेको थियो । यस सिजनमा पनि उत्पादन थप राम्रो भएको तर कहाँ र कसरी बिक्रि गर्ने भन्ने बारेमा अनविज्ञता रहेको यहाँका किसानको भनाई छ ।  

syau1-1724145112.jpgबजार पठाउन वडाले पहल गरिहरको छ : वडा अध्यक्ष भण्डारी

वडा अध्यक्ष घनश्याम भण्डारीले गाउँका किसानका उत्पादनले बजार नपाउँदा समस्या हुने गरेको बताउनुभयो । उहाँका अनुसार जिल्लााका विभिन्न बजार क्षेत्र तथा जिल्ला बाहिर स्याउ पठाउनको लागि पहल भईरहेको छ । 

वडा अध्यक्ष भण्डारीको बारीमा पनि ५९ वटा ठुला र २० वटा साना स्याउका बोट रहेका छन् । स्याउ खेतीलाई व्यवसायीक बनाउन चाहेको तर उत्पादनले बजार नपाउँने अवस्था रहेको उहाँको भनाई छ ।

यहाँका किसानहरुलाई कृषि प्रविधि, बोट तथा फलमा लाग्ने विभिन्न रोगको जानकारी, उपचार पद्धती बारेमा जानकारी दिन समेत आवश्यक रहेको वडा अध्यक्ष भण्डारीले जनाउनुभयो । यस सिजनमा गाउँका सबै किसानका करिब दुई ट्रक स्याउ तत्कालै बिक्रिका लागि तयारी रहेका छन् ।

Apple_Rukum_Raju-(1)-1724145105.jpgगोतामकोटमा उत्पादन भएका स्याउ रोयल र गोल्डेन जातका हुन् । बिषादीरहित र आग्र्यानिक उत्पादन भएकोले खानामा स्वादिलो र स्वास्थ्यवद्र्धक रहेको वडा अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । जुम्ला लगायतका जिल्लाबाट स्याउका बिरुवा ल्याएर लगाएको किसानको भनाई छ । 

Apple_Rukum_Raju-(2)-1724145218.jpg

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्