Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डिभिजन वन कार्यालय रुकुमका प्रमुख परियार प्रदेश निजामती पुरस्कारबाट पुरस्कृत

मंगलबार, भदौ ४, २०८१
tribeni2

डिभिजन वन कार्यालय रुकुम पश्चिमका वरिष्ठ डिभिजन वन अधिकृत शेर बहादुर परियार पुरस्कृत हुनुभएको छ । 

प्रदेश सरकार स्थापना दिवसको अवसरमा कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले परियारलाई प्रदेश निजामती सेवा पुरस्कार प्रदान गरेको हो ।  

०८०/०८१ मा गरेको कार्यसम्पादनको उच्च मुल्याङ्कन गर्दै उहाँलाई प्रदेश निजामती सेवा पुरस्कारबाट सम्मानसहित पुरस्कृत गरिएको हो । 
प्रदेश सरकारको निजामती सेवामा रहि पुर्याउनुभएको योगदानको उच्च कदर गर्दै उहाँलाई पुरस्कार प्रदान गरिएको हो । उहाँ डिभिजन वन कार्यालय रुकुम पश्चिमको कार्यालय प्रमुखको रुपमा कार्यरत हुनुहुन्छ । 

पुरस्कृत परियारले यो सफलता डिभिजन वन कार्यालय रुकुम पश्चिमको सम्पुर्ण कर्मचारीहरुको अथक मेहनतबाट प्राप्त भएकोले प्रतिक्रिया दिनुभयो । 

456127907_8798863586809955_2316798282629592122_n-1724156938.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्