Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यी चार सूत्र जसले जीवन परिवर्तन गर्छ !

२०७८ कार्तिक १८
tribeni2

१. जीवनको मतलब थाहा पाउनुहोस्

आफ्नो जीवनलाई परिवर्तन गरेर खुसीयालीपूर्ण बनाउनको लागि सबैभन्दा पहिले तपाईंले आफ्नो जीवनको मतलब बुझ्नुपर्छ । जीवनमा तपाईं के चाहनुहुन्छ र कुन चीजले तपाईंलाई खुसी राख्न सक्छ भन्ने कुरा बुझेपछि मात्रै तपाईंले आफ्नो जीवनको मतलब सही तरिकाले बुझ्न पाउनुहुन्छ । र, त्यसै अनुसार आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ ।

२.लक्ष्य निर्धारित गर्नुहोस्

जीवनमा तपाईंलाई के पाउनु छ वा के हासिल गर्नु छ त्यो हिसाबमा आफ्नो लक्ष्य निर्धारित गर्नुहोस् । सँधै आफ्नो रुचीअनुसारको काम गर्नुहोस् यसले तपाईंलाई कहिल्यै दुखी बनाउँदैन ।

आफ्नो लक्ष्यप्राप्तिको लागि सम्पूर्ण ध्यान केन्द्रित गरेर दत्तचित्त भई काम गर्नुहोस् । यसले तपाईंको जीवनमा एक सुखद परिवर्तन हुन्छ र तपाईंले आफ्नो लक्ष्य पनि प्राप्त गर्न सक्नुहुन्छ ।

३. नपछुताउनुहोस्

पछुतोले जीवनमा तपाईंलाई कहिल्यै पनि अगाडि बढ्न दिँदैन । आफ्नो जीवनलाई परिवर्तन गर्नको लागि तपाईंले आफ्नो गल्ती र कमी(कमजोरीलाई स्विकारेर अगाडि बढ्नुपर्छ । बितेका कुरामा पछुतो मानेर सँधै टोलाएर जीवनलाई पछाडि नधकेल्नुहोस् ।

४. सन्तुलित जीवन जिउन सिक्नुहोस्

उमेर सँगसँगै हरेक मानिसको स्वास्थ्य पनि परिवर्तन हुन्छ । स्वस्थ व्यक्तिले मात्रै कुनै पनि कामलाई सजिलै सम्पन्न गर्न सक्छ । त्यसैले सन्तुलित खानपान गर्नुहोस्, धुम्रपान(मद्यपान नगर्नुहोस्, दैनिक व्यायाम गर्नुहोस् यसले तपाईंको जीवनमा सकारात्मक परिवर्तन हुन्छ । यसरी जीवनलाई खुसीयालीपूर्ण बनाउन सकिन्छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १८, २०७८  २०:११
प्रतिक्रिया दिनुहोस्