सोसल मिडिया
रुकुम पूर्वको सिस्ने गाउँपालिका -५ निवासी अनिल थापा (मोहन) को उपचारमा सहयोगका लागि परिवारले अपिल गरेको छ । ४१ बर्षीय थापा ब्रेन ट्युमरको समस्याले ग्रसित हुनुहुन्छ ।
बिगत चार महिनादेखि ब्रेन ट्युमरबाट ग्रसित उहाँ अहिले चितवन क्यान्सर अस्पतालमा उपचारत हुनुहुन्छ ।
थापाको श्रीमती अञ्जना थापाले जीवन र मृत्युसँग लगिरहेका श्रीमानको जीवन रक्षाका लागि आर्थिक सहयोगको याचना गर्नुभएको छ ।
पारिवारीक अवस्था कमजोर रहेको र उपचारमा धेरै रकम लाग्ने भएकोले आर्थिक समस्याको कारण श्रीमानको उपचारमा समस्या आउने अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो ।
थापा ब्रेन ट्युमरको चौथो स्टेजमा हुनुहुन्छ । हस्पिटलका अनुसार उपचारका लागि करिब ५० लाख खर्च लाग्ने भएको हुँदा अहिले रकम संकलनको लागि अभियान चलाईरहेको समाजसेवी मदन शाहले बताउनुभयो ।
सानो सहयोगले कसैको जीवन बाँचने सवाल भएकोले सक्दो सहयोग गर्न शाहले अनुरोध गर्नुभयो । विभिन्न सहयोगी मनहरुले सहयोग उपलब्ध गराउन सुरु गरेका छन् ।
सहयोगका लागि : नाम : अञ्जना थापा सम्पर्क नम्वर : 9843733699 बैंक खाता नम्वर : 1310085475400011 बैक नाम : प्रभु बैक