Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डा.मौमिता र विपदबाट ज्यान गुमाएहरुको सम्झनामा कालिकाथानमा दिप प्रज्वलन

बुधबार, भदौ ५, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ स्थित कालिकाथानमा दिप प्रज्वलन गरिएको छ । 

बुधबार बेलुका स्वतन्त्र विद्यार्थी यूनियन, रुकुमेली क्याम्पस र नेपाल विद्यार्थी संघ मुसिकोटले संयुक्त रुपमा दिप प्रज्वलन गरेका हुन् । 

भारतीय चिकित्सक मौमिता देवनाथ र बाढी पहिरो तथा अन्य प्राकृतिक विपदका घटनामा परेर ज्यान गुमाएहरुको आत्मको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरिएको रुकुमेली क्याम्पसका स्ववियु सभापति अनिशेष केसीले जानकारी दिनुभयो । 

दिप प्रज्वलन कार्यक्रममा नेपाली काँग्रेस रुकुम पश्चिमका सह सचिव यज्ञ बिष्ट, पार्टीका जिल्ला सदस्य तथा प्रवक्ता लालबहादुर ओली, मुसिकोट नगर समितिका सचिव सुर्य प्रकाश शर्मा, कर्मचारी युनियन रुकुम पश्चिमका अध्यक्ष देवबहादुर ओली, ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष देवबहादुर खड्का, नेवि संघ मुसिकोट नगर सभापति चन्द्र बहादुर ओली लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्