Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटमा भूकम्पले चर्किएको घर भत्किदा २२ बाख्राको मृत्यु

बिहीबार, भदौ ६, २०८१
tribeni2

अविरल बर्षाको कारण रुकुम पश्चिमको बाँफिकोटमा पहिरोले एक घर भत्किएको छ । 

पहिरोले वडा नम्वर १० बयाल्यटोल निवासी बरुन धितालको घर भत्किएको हो । 

बुधबार राती बर्षाको कारण गएको पहिरोले घर भत्किदा घरमा रहेका २२ वटा बाख्रा पुरिएर मरेको वडा अध्यक्ष हरि चन्दले जानकारी दिनुभयो । 

उहाँका अनुसार तीन वटा बाख्रा घाईते रहेका छन् । पहिरोबाट कुनै मानविय क्षती भने भएको छैन । 

भूकम्पको बेला चर्किएको धितालको घर भत्किएको हो । घरपरिवार अस्थायी टहरामा र चर्किएको घरमा बाख्रा राख्ने गरिएको वडा अध्यक्ष चन्दले जानकारी दिनुभयो । 

घर भत्किदा घरमा रहेका अन्य सामाग्रीमा समेत क्षती पुगेको छ । क्षतीको विवरण संकलन भईरहेको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्