Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

भैँसीले हान्दा बाघ ठहरै, भैँसी घाईते

बिहीबार, भदौ ६, २०८१
tribeni2

हेटौँडा । मकवानपुरको मनहरिमा बिहीबार बिहान गोठमा बाघ मृत अवस्थामा फेला परेको छ । ३ बजेको समयमा मनहरी गाउँपालिका वडा नम्वर ६ प्रतापपुर स्थित बल बहादुर राईको गोठमा बाघ मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

बाघले राईको गोठमा रहेको भैँसीलाई आक्रमण गर्दा एक वटा भैँसी घाइते भएको र सोही गोठमा बाघ मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीको भनाइ छ । प्रहरी टोली र पर्सा वन्यजन्तु आरक्षण सुरक्षार्थ खटिएको मध्यवर्ती क्षेत्र पदम पोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । 

घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट बाघ बुढो रहेकाले भैँसीले हान्दा मरेको हुन सक्ने खुल्न आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । 

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सेक्टर सौराहा ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले बिहान ६ बजेर १५ मिनेटको समयमा मृत बाघ अनुसन्धानका लागि जिम्मा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्