Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जिल्ला प्रशासनको मुलगेट अगाडि गाडि लाईन लगाएर सडक अवरुद्ध 

बिहीबार, भदौ ६, २०८१
tribeni2

रुकुम पूर्व । जिल्ला प्रशासन कार्यालय रुकुम पुर्वको मुख्य गेटमा यातायात व्यवसायी तथा गाडि धनिहरुले गाडीहरु लाईन लगाएर सडक अवरुद्ध पारेका छन् ।  

मध्यपहाडी लोकमार्गको कुरेपानी सडकखण्ड पटक पटक अवरुद्द हुने तर सम्बन्धित निकायले चासो नदेखाएको भन्दै उनिहरुले छिप्रीदह बजार लाइन देखि प्रशासनको गेटसम्म गाडि लाईन लगाएर बाटो अवरुद्द गरेका हुन् । 

बुधबार राति परेको अबिरल वर्षाको कारण कुरेपानीमा लेदो सहितको पहिरो झरेको थियो जसका कारण रुकुमकोटबाट रुकुम पश्चिम, दाङ्ग र नेपालगन्ज छुट्ने गाडी तथा रुकुम पश्चिमबाट काठमाडौं छुट्ने गाडीहरुले सास्ती खेपिरहेका छन ।

यस अघि पनि सोही कुरेपानी क्षेत्रमा बाटो अवरुद्द हुदा व्यक्तिगत लगानीमा बाटो खोली आवतजावत गरेको तर यसपटक पनि पहिरो खस्दा सम्बन्धित निकायले चासो नदिएको भन्दै प्रशासन अगाडी गाडी लाइन लगाएको गाडी धनि सुन्दर गौतमले जानकारी दिनुभयो ।

सम्बन्धित निकायलाई पटक पटक ध्यानाकर्षण गाराउदा पनि बेवास्ता गरेकोले बाटो नै बन्द गर्नुपरेको उहाँले बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले सडक सुचारूका निमित्त पहल गरिराखेको बताउनु भयो । भनेको समयमा जे सि बि नपाइने हुदा पनि समस्या निम्तिएको उहाँले बताउनुभयो ।

अहिले मेशिन लागेर माथिबाट झरेको लेदो पन्छाउने काम भैराखेको उहाको भनाई छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:२१
प्रतिक्रिया दिनुहोस्