Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु, एक घाईते

बिहीबार, भदौ ६, २०८१
tribeni2

रुकुम पूर्वमा अरिङगालको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

जिल्लाको भूमे गाउँपालिका -९ चुन्वाङका २७ वर्षिय न्युटन घर्तीको बिहिबार बिहान करिब ३ बजे मृत्यु भएको हो ।

बुधबार सिस्ने गाउँपालिका वडा नम्बर ५ को धौलापैरा जंगलमा अरिङगालको टोकाईबाट गम्भिर घाईते भएका घर्तीलाई रुकुम पूर्व जिल्ला अस्पताल ल्याईएको थियो । उपचारकै क्रममा उहाँको मृत्यु भएको स्थानीय चन्द्र बिसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले शव पोष्टमार्टमको लागि अस्पतालमै राखिएको छ । 

अरिङगालकै टोकाइबाट घाईते भएका सिस्ने गाउँपालिका वडा नम्बर ७ का २४ वर्षिय कमल रेउलेको भने स्वास्थ्य अवस्था सामान्य बन्दै गईरहेको छ । उहाँको अहिले जिल्ला अस्पतालमा उपचार भईरहेको बिसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्