Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बाँफिकोटका एक बालक चार दिनदेखी बेपत्ता

बिहीबार, भदौ ६, २०८१
tribeni2

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका -४ का एक बालक चार दिनदेखी बेपत्ता भएका छन् । 

सत्यबहादुर बिकका १४ बर्षिय छोरा हरि बिक गत भदौ ३ गतेदेखि हराएका हुन् । 

बेपत्ताका दाई (सानीआमाका छोरा) किरण बिश्वकर्माका अनुसार गाउँबाट तीन जना बालकहरु एकसाथ हराएका थिए । 

उनीसँगै घर छोडेका स्थानीय १२ वर्षिय छबिलाल बिक र १४ बर्षिय रेशम उखिरा भने घरमा आईसकेका छन् । उनीहरुलाई प्रहरीको सम्पर्क मार्फत घर ल्याईएको हो । छबिलाल सानीभेरी गाउँपालिकाको सिम्लीमा भेटिएका हुन् भने रेशम चौरजहारीमा भेटिएका हुन् । 

संगै घरबाट हराएका दुई जना भेटिएतापनि हरि भने बेपत्ता नै रहेको बिश्वकर्माले जानकारी दिनुभयो । उनी बिरेन्द्र मावि बाँफिकोटमा कक्षा ७ मा अध्ययनरत छन् । 

हरिलाई भेट्ने जो कोहिले पनि नजिकैको प्रहरी कार्यालय वा घरपरिवारमा खबर गरिदिन परिवारजनले आग्रह गर्नुभएको छ । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्