Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मग्मामा सञ्चालित उच्च प्रविधियुक्त नर्सरी पहिरोले क्षतिग्रष्त 

बिहीबार, भदौ ६, २०८१
tribeni2

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –६ मग्मामा रहेको उच्च प्रविधियुक्त हाईटेक नर्सरी पहिरोको कारण क्षतिग्रष्त भएको छ ।

लगायतारको बर्षाको कारण नर्सरीमूनि रहेको सडकतर्फको भागमा आएको पहिरोले नर्सरीमा पूर्ण क्षती भएको हो । 

कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोगमा डिभिजन वन कार्यालय रुकुमपश्चिमले स्थापना गरेको उक्त नर्सरी अहिले युवा सिर्जनशिल कृषि तथा पशुपंक्षि फर्मले सञ्चालन गरिरहेको छ । करिब एक करोड दश लाखको लगानीमा निर्मित उक्त नर्सरी गत वर्षको मङसिर महिनाबाट मात्र सञ्चालनमा आएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख शेरबहादुर परियारले हाईटेक प्रविधिको उक्त नर्सरी पहिराले क्षतिग्रष्त बनाएको बताउनुभयो । उहाँका अनुसार पहिरोले नर्सरीमा जडान गरिएका सबै संरचनाहरुमा क्षति गरेको छ । 

फर्म सञ्चालिका समकृति पुनका अनुसार छिनखेत नदुवा सडकखण्डतर्फको भागबाट पहिरो जाँदा नर्सरीको आधा भाग भत्किएको छ भने जडान भएका सबै उपकरणमा क्षति पुगेको छ ।  

हाईटेक नर्सरीको रुपमा जडान गरिएका कुनैपनि संरचना सहि हालतमा नरहेको सञ्चालिका पुनको भनाई छ । ‘अब हाईटेक नर्सरी रहेन’, पुनले भन्नुभयो, ‘विरुवा उत्पादन र बजारीकरणको श्रृखला जोडेर लयमा आउन थालेको बेला नर्सरीमा पहिरो जानु किसानहरुको लागि समेत दूर्भाग्य हो ।’ उहाँका अनुसार संरचनाहरु भत्किएतापनि राखिएका बिरुवाहरुमा भने ठुलो क्षति भएको छैन । 

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  १३:१७
प्रतिक्रिया दिनुहोस्