Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मुक्तक सङ्ग्रह ‘स्पन्दन’ को लोकार्पण

२५ फागुन २०७५
tribeni2

कास्की ।

साहित्यकार ध्रुवकृष्ण ताम्राकारको मुक्तक सङ्ग्रह ‘स्पन्दन’ को लोकार्पण गरिएको छ । नेपाली लेखक सङ्घ, कास्कीद्वारा आयोजित कार्यक्रममा साहित्यकार तीर्थ श्रेष्ठ, सङ्घका अध्यक्ष गणेश शर्मा, सङ्घका केन्द्रीय सदस्य सूर्य लाकोजुलगायतले सङ्ग्रहको शुक्रबार लोकार्पण गरेका हुन् ।

साहित्यकार श्रेष्ठले साहित्य कहिल्यै पनि अरू हिँडेको बाटोमा हिँड्न नचाहने र आफ्नो बाटो आफैँ निर्माण गरेर गन्तव्यमा पुग्ने बताए ।

तिको समीक्षा गर्दै समालोचक प्रा डा विष्णुप्रसाद पौडेलले मुक्तक लेखन असाध्यै कठिन कार्य भएको बताए । सङ्घका केन्द्रीय सदस्य सूर्य लाकोजूले सजिलै बुझिने लेखन नै उत्कृष्ट साहित्य हुने कुरा बताए ।

प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ०९:०३
प्रतिक्रिया दिनुहोस्