Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकनमा त्रिवेणी गाउँपालिका अब्बल 

शुक्रबार, भदौ ७, २०८१
tribeni2

रुकुम पश्चिम । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक बर्ष ०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (LISA) को गुणस्तर परीक्षण सहितको अन्तिम नतिजा सार्वजनिक गरेको छ । 

उक्त नतिजा अनुसार रुकुम पश्चिमका ६ पालिका मध्य त्रिवेणी गाउँपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ । त्रिवेणी गाउँपालिकाले  ८२.५० अंकका साथ जिल्लामा अब्बल भएको प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर घर्तीले जानकारी दिनु भयो । 

मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाको चौरजहारी नगरपालिकाले ८०.५० अंक प्राप्त गरेको छ भने मुसिकोट नगरपालिकाले ७१.०० अंक प्राप्त गरेको छ । 

यसैगरि आठ्बिसकोट नगरपालिकाले ७२.००, सानीभेरी गाउँपालिकाले ७१.७५ र बाँफिकोट गाउँपालिकले ५६.०० अंक प्राप्त गरेका छन । 

गाउँ नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरि शासकिय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार बिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले  स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन गर्ने गर्दछ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १४:१२
प्रतिक्रिया दिनुहोस्