Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तनहुँ बस दुर्घटना : १४ जनाको मृत्यु, १६ घाइतेको उद्धार

शुक्रबार, भदौ ७, २०८१
tribeni2

तनहुँ । तनहुँको आँबुखैरेनीमा शुक्रबार बिहान भएको भारतीय बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव निकालिएको र १६ जनाको उद्धार गरिएको जानकारी दिनुभयो ।

उहाँले घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाएको र थप उद्धार कार्य जारी रहेको समेत जानकारी दिनुभयो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय यात्रु बोकेको युपी ५३ एफटी ७६२३ नम्बरप्लेटको बस मर्स्याङ्दी नदीमा खसेको हो । तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायका बसमा भारतीय यात्रु सवार थिए । बसमा झण्डै ४० भारतीय यात्रु सवार रहेको भनिएपनि  यात्रुको सङ्ख्या एकिन हुन सकेको छैन । 

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्