Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुक्मिणी माविमा अभिभावक भेला सम्पन्न

शुक्रबार, भदौ ७, २०८१
tribeni2

रुकुम पुर्वको सिस्ने गाउपालिका वडा नम्बर ५ स्थित रुक्मिणि माध्यमिक विद्यालयमा अविभावक भेला सम्पन्न भएको छ । 

विद्यालयको कक्षा ८, ९ र १० मा अध्ययनरत बिद्यार्थीका सम्पूर्ण अभिभावकहरुको उपस्थितिमा उक्त अभिभावक भेला सम्पन्न भएको हो । बिद्यार्थीहरुमा पढाई लेखाइ, विद्यालय क्षेत्रभित्र देखिएका आनिबानिहरुका बारेमा अभिभावकहरुलाई जानकारी गराई पारिवारिक क्षेत्रमा पनि बिद्यार्थीको पढाई, लेखाईका सन्दर्भमा निगरानी राख्ने उद्वेश्यका साथ अभिभावक भेला गराईएको हो । 

बिद्यालयमा अहिले कक्षा नर्सरीदेखि १० कक्षासम्म करिब ११ सय बिद्यार्थी अध्यनरत छन । ११ र १२ कक्षामा भर्ना हुने क्रम जारी छ । बिद्यालय अभिभावक, बिद्यालय बिद्यार्थी बिच सुसम्बन्ध कायम राख्ने बिद्यालयको अभियान अन्तर्गत बिद्यालयले अभिभावक भेला गर्ने तय गरेको थियो ।

निजि बिद्यालयको जस्तो सामुदायिक बिद्यालयमा अभिभावक सक्रिय नहुने र त्यसको असर बिद्यार्थीमा पर्ने हुदा सामुदायिक बिद्यालय प्रति अभिभावकको चासो बढाउन बिध्यालयले नियमित अभिभावक भेला अभियान चलाएको छ । 

सोहि कार्यक्रम अन्तर्गत आज कक्षा ८, ९ र १० का बिद्यार्थीका करिब डेढ सय अभिभावकका बिचमा भेला सम्पन्न भएको हो । भेलाले डे बोर्डसको व्यवस्था गर्ने, मोबाइल फोनको अनावश्यक प्रयोगमा निगरानी राख्ने र नियमित कोचिङ कक्षाको व्यवस्था गर्ने निर्णय गरिएको छ । 

यस्तै अभिभावक भेलाले महिनामा लगातार ५,७ दिन कुनै बिद्यार्थी गयल भएमा अभिभावकसङ्ग सम्पर्क गर्ने र बिद्यार्थीका गलत आनिबानिमा शिक्षक अभिभावक दुबैले रोक्न प्रयत्न गर्ने लगाएतका निर्णय गरेको छ । 

बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष ओम प्रकाश थापाको अध्यक्षतामा भएको अभिभावक भेलामा शिक्षा बिकास तथा समन्वय इकाइका इकाइ प्रमुख तिलक गौतमको प्रमुख आतित्यता रहेको थियो ।

यस्तै कार्यक्रममा पूर्व सिस्ने गाँउपालिका उपाध्यक्ष गोवद्धन बुढा, भुमे गाउपालिका ४ नम्बर वडा अध्यक्ष श्याम बहादुर बुढा, बिद्यालयका प्रधानाध्यापक चन्द्र बहादुर मल्ल, शिक्षक महासङ्घका जिल्ला अध्यक्ष मान बहादुर बस्नेत लगाएत अभिभावकहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन बिद्यालयका शिक्षक बल बहादुर शाहीले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्