Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अखिल (क्रान्तिकारी) को तेस्रो विद्यालय सम्मेलन सेरीगाउँमा सम्पन्न, अध्यक्षमा अशोक बिक चयन

शुक्रबार, भदौ ७, २०८१
tribeni2

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -५ सेरीगाउँमा रहेको यमुनानन्द नमुना माध्यमिक विद्यालयमा अखिल (क्रान्तिकारी) तेस्रो बिद्यालय सम्मेलन सम्पन्न भएको छ । 

शुक्रबार भएको सम्मेलनबाट अशोक बिकको अध्यक्षतामा २१ सदस्यीय नयाँ कमिटी चयन गरिएको छ । 

अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष निराजन केसीका अनुसार उक्त विद्यालय समितिको उपाध्यक्षमा अनुश्का केसी र सुवास अधिकारी, सचिवमा सुजाता ओली, सहसचिवमा भिमसेन केसी, एनिसा ओली र कोषाध्यक्षमा केशव बोहरा चयन हुनुभएको छ । 

सम्मेलनमा अखिल (क्रान्तिकारी) केन्द्रिय सचिव तथा प्रदेश उपाध्यक्ष तुल देवकोटा, जिल्ला अध्यक्ष निराजन केसी, केन्द्रिय सदस्यहरु नारायण केसी, खुमराज ओली, पुजा बिक, दुर्गा प्रसाद बिक, मुसिकोट नगर कमिटी अध्यक्ष सुशान्त बिक लगायतका बिद्यार्थी नेताहरु र बिद्यार्थीहरुको आतिथ्यता तथा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  २२:३१
प्रतिक्रिया दिनुहोस्