Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

लिजाको नतिजामा रुकुम पूर्वको भूमे जिल्लामै उत्कृष्ट

शनिबार, भदौ ८, २०८१
tribeni2

रुकुम पूर्वको भूमे गाउँपालिका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को नतिजामा जिल्लामा उत्कृष्ट भएको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक बर्ष ०७९/८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन (लिजा) को गुणस्तर परीक्षणसहितको अन्तिम नतिजा अनुसार जिल्लामा तीन पालिका मध्य भूमेले सबैभन्दा बढी अंक प्राप्त गरेको हो । 

भूमे गाउँपालिका ८२.५० अंकका साथ जिल्लामा उत्कृष्ट भएको हो । त्यसैगरी पुथा उत्तरगंगा गाउँपालिकाले ७२ र सिस्ने गाउँपालिकाले ६२ अंक प्राप्त गरेको सार्वजनिक गरिएको नतिजामा उल्लेख गरिएको छ । 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ ले स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनका लागि विभिन्न विषयक्षेत्रहरु निर्धारण गरेको छ ।

शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन, वार्षिक बजेट तथा योजनामा व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्थापन, सेवा प्रवाह, सहकार्य र समन्वय, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण र वातावरण संरक्षण तथा विपद् व्यवस्थापनन गरी १० शीर्षकमा स्थानीय तहको स्वमूल्याङ्कन हुने गरेको छ ।

गाउँ तथा नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धिहरुको लेखाजोखा गरि शासकिय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरु पहिचान गर्ने, आवधिक समिक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकार बिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउने उद्देश्यले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङकन गर्ने गर्दछ ।

456511838_3071734409635249_8501280500440467768_n-1724463284.jpg

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  ०७:१२
प्रतिक्रिया दिनुहोस्