Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

२७० मेगावाटको अर्धजलाशययुक्त जलविद्युतका आयोजनाका लागि सुनुवाई

शनिबार, भदौ ८, २०८१
tribeni2

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकामा क्षेत्र समावेश हुनेगरी २७० मेगावाट क्षमताको अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ ।

करिब तीन अर्ब लगानीमा निर्माण हुने भेरी १ नामको यस आयोजनाको वातावरणीय प्रभाव मूल्याङकन पश्चात सार्वजनिक सुनुवाई सम्पन्न गरिएकोछ । 

आठबिसकोट नगरपालिकाको वडा नम्बर ४, ५ र ६ र नलगाड नगपालिकाको वडा नम्वर १०, ११, १२ र १३ हुँदै बग्ने ठुलीभेरी नदीमा यो आयोजना निर्माण हुन लागेको छ । गेजुवा ग्रुप पावर ईन्भेष्टमण्ट नेपाल प्रा.लि.ले निर्माण गर्न लागेको यस आयोजनाको वातावरणीय अध्ययनको लागि नेपाल रुलर एन्ड इन्भास्टमेन्ट कमिटी प्रा.लि.ले जिम्मा लिएको थियो ।

अध्ययनपश्चात स्थानीय जनप्रतिनिधि र लाभान्वित स्थानीयको सहभागितामा आठबिसकोट नगरपालिका ६ मा सार्वजनिक सुनुवाई गरिएको छ । यस कार्यक्रममा आयोजनाको प्रभाव र उपलब्धिको बारेमा जानकारी गराईएको थियो । 

भेरीनदिको पानी प्रयोग गरेर २७० मेघावाट विद्युत उत्पादन गर्ने र सोहि पानी भेरीनदिमै छाडिने लक्ष्य रहेको यो आयोजना पिकिंग रन अफ रिभर (पिआरओआर) किसिमको भेरी –१ आयोजना रहेकोबताईएको छ । 

कार्यक्रममा आठबिसकोट नगरपालिका प्रमुख केसीले स्थानीयले निकै चासो र गौरवको रूपमा लिएको यस आयोजना सफल पार्न नगरपालिकाले सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले यस आयोजनाले आर्थिक समृद्धिमा ठुलो टेवा पुग्ने र स्थानीयस्तरमा रोजगारी सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो । 

वडा नम्वर ५ का वडा अध्यक्ष घनश्याम भण्डारीले दुर्गम क्षेत्रमा जलविद्युत आयोजना निर्माण भएर विकासको नयाँ आयाम थपिने जनाउनुभयो । वडा नम्बर ४ का वडा अध्यक्ष नरसिंह विष्टले आयोजना छिटो सम्पन्न गरेर जनतालाई विकासको महसुस गराउनुपर्नेमा जोड दिनुभयो ।

वडा नम्वर ६ का वडा अध्यक्ष धनेश्वर शर्माले सीप र दक्षता भएका स्थानीयलाई आयोजना निर्माणमा रोजगारी प्रदान गर्नुपर्ने बताउनुभयो । त्यसैगरी वडा नम्वर ३ का वडा अध्यक्ष केशरमान विकले यो आयोजना आठबिसकोट र नलगाडका जनताको लागि कोशेढुंगा साबित हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले न्यायोचित शेयर बाँडफाँटमा जोड दिनुभयो ।

कार्यक्रममा आयोजना निर्माण हुँदा स्वास्थ्य जोखिमका विषयमा निर्माण टिमले विशेष ध्यान दिनुपर्नेमा स्वास्थ्य चौकी प्रमुख कर्णबहादुर केसीले जोड दिनुभयो । उहाँले ध्वनि प्रदूषण, वायु प्रदूषण र महामारीको सम्भावित जोखिममा सजग हुन सुझाव दिनुभयो ।

स्थानीय युवा विशेष भण्डारीले वातावरण संरक्षण, जैविक विविधता, त्यसको दिगो व्यवस्थापनमा ध्यान दिन उहाँले आयोजनालाई सुझाव पनि दिनुभयो । 

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्