Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा बसको छतबाट खसेर एक जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

२०७८ कार्तिक १९
tribeni2

सल्यान / सल्यानको सिद्ध कुमाख गाउँपालिका वडा नं. ३ मा रोकिराखेको मिनिबसको छतबाट खसेर एक जनाको मृत्यु भएको छ ।

सिद्ध कुमाख गाउँपालिका वडा नं. ३ फलाटेका ३४ बर्षका रबिन्द्र बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रोकिराखेको बसको छतबाट आफ्नो सामान निकाल्ने क्रममा बसको छतबाट खसेर घाईते भएका बोहराको उपचारको क्रममा लैजादै गर्दा मृत्यु भएको जनाईएको छ ।

बिहिबार बेलुका ६ बजे सल्यानको श्रीनगर देखि सल्यानको छापगाउँ तर्फ जाँदै गरेको ना. ५ ख २७९३ नम्बरको टाटा कम्पनीको मिनिबसको छतबाट बोहरा खसेका थिए । आफ्नो सामान निकाल्न छतमा गएका बोहरा लडेर घाईते भएपछि श्रीनगर स्थित कर्णाली अस्पताल ल्याईएको थियो ।

उनको टाउको, छातीमा चोट लागेको र थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको सल्यान प्रहरीले जनाएको छ । लैजादै गर्दा बोहराको स्वास्थ्य अवस्था गम्भिर भएपछि प्रादेशिक अस्पताल तुलसीपुर दांगमा चेक गर्दा उनको मृत्यु भैसकेको बताईएको हो ।

प्रहरीले बस र चालक सल्यानको शारदा नगरपालिका वडा नम्वर ६ बरला निवासी शशिराम बुढाथोकीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

बोहराको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  ०७:११
प्रतिक्रिया दिनुहोस्