Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चट्याङ लागेर शिक्षकको मृत्यु

मंगलबार, भदौ ११, २०८१
tribeni2

सल्यान । सल्यानमा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ । जिल्लाको कालीमाटी गाउँपालिका १ लक्ष्मीपुर सातलखोलाका  ५६ वर्षीय दल बहादुर कार्कीको  चट्याङ लागेर मृत्यु भएको हो ।

कार्की कालीदेवी प्राथमिक विद्यालय सातलखोलाका प्रधानाध्यापक भएको कालीमाटी गाउँपालिका १का वडा अध्यक्ष रविलाल खत्रीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो  साँझ ५ बजे चट्याङ लागेर कार्कीको मुत्यु भएको हो ।  

सार्वजनिक बिदाको दिन घर नजिकै गोठालो जानु भएका कार्कीलाई चट्याङले हानेको थियो । चट्याङ लागेर गम्भीर घाइते कार्कीलाई उपचारका लागि सल्यान जिल्ला अस्पतालमा ल्याउँदा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसम बहादुर खत्रीले जानकारी दिनु भयो ।  

उहाँका अनुसार कार्कीको शवलाई पोस्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्