सोसल मिडिया
अमेरिकामा नेपाली विद्यार्थी मुना पाण्डेमाथि ‘गोली प्रहार गर्ने व्यक्ति’को तस्बिर ह्युस्टन प्रहरीले सार्वजनिक गरेको छ ।
प्रहरीले वेस्ट ह्युस्टन अपार्टमेन्टमा २१ वर्षीया नेपाली कलेज विद्यार्थी मुनाको हत्यामा संदिग्ध व्यक्तिको खोजी गरिरहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
उक्त अपार्टमेन्टमा देखिएका निलो टिसर्ट लगाएका गोली हान्ने एक मानिसको तस्बिर सार्वजनिक गरिएको हो । उनको पहिचान गर्न सर्वसाधारणको सहयोग मागिएको छ ।
सोमबार ह्युस्टनस्थित अपार्टमेन्टमा गोली लागेर मृत अवस्थामा फेला परेकी मुना पाण्डेलाई हत्याराले उनको कोठाभित्रै पसेर गोली हानेको प्रारम्भिक अनुसन्धानले पुष्टि भएको छ ।
वेष्ट एअरपोर्ट ब्लुभर्डमा रहेको मुनाको अपार्टमेन्टमा उनी आफैँले राखेको सर्भिलेन्स क्यामेराका भिडियो फुटेजहरू प्रहरीले लगिसकेका छन् । त्यसले गर्दा मुनाका हत्यारा पत्ता लगाउन सघाउ पुग्ने विश्वास समुदायले गरेको छ ।
उनी केही समय अमेरिकी युवकसँग डेटिङ्गमा रहेको र कोठाभित्र भेटिएका पुरूषले प्रयोग गर्ने फिटनेसका सामानले त्यहाँ कोही पुरुष समेत बस्ने शंका गरिएको छ ।