Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

बिजयश्वरीमा उत्कृष्ट बिद्यार्थीलाई निःशुल्क पढाई 

बिहीबार, भदौ १३, २०८१
tribeni2

रुकुम पश्चिमको एक निजि बिद्यालयले उत्कृष्ट बिद्यार्थीहरुलाई निःशुल्क पढाउने व्यवस्था गरेको जनाएको छ । 

जिल्लाको मुसिकोट नगरपालिका -१ खलंगामा रहेको विजयश्वरी सकेन्डरी इङ्लिस मिडियम बोर्डिङ स्कुलले उत्कृष्ट बिद्यार्थीहरुलाई निःशुल्क रुपमा पढाउने कार्यक्रम ल्याएको हो । 

विद्यालयका प्रिन्सिपल जय बहादुर थापाका अनुसार विद्यालयले अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीलाई पुर्ण रुपमा निःशुल्क पढाउने प्रावधान ल्याएको हो । यसका साथै एसइईको नतिजामा ३.६ भन्दा माथिको जिपिए प्राप्त गर्ने विद्यार्थीलाई शुल्कमा ५० प्रतिशतमा छुटको व्यवस्था गरेको समेत थापाले जानकारी दिनुभयो । 

आजैबट विद्यालयले अल एटेन्ड सेवाको समेत सुरुवात गरेको छ । सम्भवतः कर्णाली प्रदेशमै पहिलो पटक विद्यालयमा उक्त सेवा सुरुवात गरिएको प्रिन्सिपल थापाको दाबी रहेको छ । 

यो सेवामा विद्यार्थी विद्यालयमा पुगेको समय, विद्यालयबाट निस्केको समयको जानकारी अभिभावकको फोनमा एसएमएस मार्फत पुग्ने गर्दछ । यसका लागि विद्यार्थीले आफ्नो परिचयपत्र अल एटेन्ड सिस्टममा देखाएपछि सिधै अभिभावकलाई एसएमएस मार्फत जानकारी हुने गर्दछ । - घनश्याम खड्का

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २१:५४
प्रतिक्रिया दिनुहोस्