नेभिगेशन
कला/साहित्य

‘मुकाम रणमैदान’लाई २०८० सालको मदन पुरस्कार

काठमाडौँ । २०८० सालको मदन पुरस्कार मोहन मैनालीद्वारा लिखित ‘मुकाम रणमैदान’ले पाएको छ। 

मदन पुरस्कार गुठीको साधारण सभा बैठकले मुकाम रणमैदान पुस्तकका लागि मोहन मैनालीलाई मदन पुरस्कार २०८० प्रदान गर्ने निर्णय गरेको हो। 

शुक्रबार बसेको  बैठकले उक्त निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो। 

त्यसैगरी प्रा.डा. योगेन्द्रप्रसाद यादवलाई जगदम्बा–श्री २०८० अर्पण गर्ने निर्णय भएको दीक्षितले सार्वजनिक गर्नुभएको विज्ञप्तिमा उल्लेख छ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप कला/साहित्य