Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जुवा खेलिरहेको अवस्थामा वडा अध्यक्ष सहित पाँच पक्राउ

२०७८ कार्तिक १९
tribeni2

रुकुम पश्चिम / जुवा खेलिरहेको आरोपमा रुकुम प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्लाको मुसिकोट नगरपालिका १३ नम्वर वडाका वडा अध्यक्ष सहित पाँच जनालाई बिहिबार राती ११ बजे मुसिकोट नगरपालिका १ मठबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरिक्षक कपिलजंग शाहीका अनुसार पक्राउ पर्नेहरुमा वडाध्यक्ष दिपक के.सी. सहित घरधनि उत्तम खड्का, कमल वुढा, तोयराम ओली (यस अघि प्रहरीले राजाराम ओली नाम उल्लेख गरेको) र युगल पुन रहेका छन् ।

प्राप्त सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवा खालवाट ३२ थान कौडा, १ थान गलैचा र रु.एक लाख आठ हजार दुई सय ९० नगद बरामद गरेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो ।

पक्राउ परेकाहरु माथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १०:११
प्रतिक्रिया दिनुहोस्