Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

खानेपानी आयोजनामा आगलागी हुँदा साढे दश लाखको क्षती

शनिबार, भदौ १५, २०८१
tribeni2

रुकुम पश्चिमको चौरजहारीमा सञ्चालित खानेपानी आयोजनामा आगलागी हुँदा साढे दश लाख बराबरको क्षती भएको छ । 

बिजयश्वरी चौरजहारी खानेपानी संस्थाद्वारा सञ्चालित खानेपानी आयोजनामा शुक्रबार एक्कासी आगलागी भएको हो । संस्थाका व्यवस्थापक बसन्त भण्डारीका अनुसार आगलागीको कारण २५० केभि क्षमताको ईस्टेपराईजर लगायतका सामाग्रीमा क्षती पुगेको छ । 

इस्टेपलाइजर नै पट्किएपछी आगजनी भएको बताईएको छ । आगजनी भएको थाहा हुने बित्तिकै ट्रान्सर्फमरबाट बिद्युत लाइन काटेको थप क्षती हुनबाट जोगाईएको थियो । 

उपकरणमा आगजनी भएपछि चौरजहारी नगरपालिकाको वडा नम्वर १, २ र ३ मा खानेपानी वितरणमा अनियमितता भएको छ । संस्थाले अहिले सोलार सिस्टममार्फत पानी वितरण गर्ने व्यवस्था मिलाएको छ । 

व्यवस्थापक भण्डारीले सर्वसाधारणहरुलाई आलोपालो गरेर खानेपानी वितरण गरिरहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार आज वडा नम्वर १ को नाखिरा, घारीगाउँ, लामिछाने गाउँ र वडा नम्वर २ को नयाँ बजार र रुकुमेगाउँमा पानी छोडिएको छ भने भोली आईतबार वडा नम्वर २ को गोतामेगाउँ, वडा नम्वर ३ को टाटागाउँ र स्यालखोला बस्तीहरुमा पानीको लाईन छोडिनेछ । 

सोलार सिस्टमले काम नगरेमा आलोपालोमा फेरबदल हुने समेत उहाँले जनाउनुभयो । 

नयाँ इस्टप्लाईजर खरिदको लागि अर्डर भईसकेको संस्थाले जनाएको छ । आईतबार उक्त सामाग्री आईपुग्ने र सोमबारबाट खानेपानी वितरण नियामित हुने जनाईएको छ । 

यस संस्थाले अहिले यहाँका एक हजार ६५५ जना ग्राहकलाई घरघरमै धारा मार्फत खानेपानी वितरण गरिरहेको छ । 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्