Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अखिल क्रान्तिकारी रुकुम पूर्वको अध्यक्षमा चन्द्र रसाईली चयन

शनिबार, भदौ १५, २०८१
tribeni2

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन (क्रान्तिकारी) रुकुम पुर्वको २७ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । 

शुक्रबार रुकुमकोटमा भएको सम्मेलनले चन्द्र रसाईलीको अध्यक्षतामा ३३ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको छ । 

संगठनका केन्द्रिय सदस्य नारायण केसीका अनुसार संगठनको जिल्ला उपाध्यक्षमा बिमल बिक, प्रदीप कामी र पुजा खड्का चयन हुनुभएको छ ।

त्यसैगरी सचिवमा अम्मर खत्री, सहसचिवमा आस्था बिक र कोषाध्यक्षमा रुपक बिक चयन हुनुभएको केनिद्रय सदस्य केसीले जानकारी दिनुभयो । 

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्