Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कर्णालीका मुख्यमन्त्री चढेको हेलिकोप्टर आठबिसकोटमा आकस्मिक अवतरण

आइतबार, भदौ १६, २०८१
tribeni2
  • ललित चन्द

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर रुकुमपश्चिमको आठबिसकोटमा आकस्मिक अवतरण भएको छ । 

आईतबार दिउँसो ३ः२५ बजे आठबिसको नगरपालिका -९ स्थित रंगशालामा हेलिकोप्टर अवतरण भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलका अनुसार डोल्पाबाट सुर्खेतका लागि उडेको हेलिकोप्टर खराब मौसमका कारण आकस्मिक अवतरण भएको हो । सिम्रिक एयरको (कलसाईन नाईन एन –एकेडी)  हेलिकोप्टर आकस्मिक अवतरण भएको हो । 

उक्त हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलसहित पाँच जना रहेको बताईएको छ । हेलिकोप्टरमा मुख्यमन्त्री कँडेलको श्रीमती, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाय, सुरक्षा गार्ड र चालक रहेको बताईएको छ । 

ठुलो मात्रामा परेको पानीको कारण हेलिकोप्टर आकस्मिक अवतरण भएको प्रहरीको भनाई रहेको छ । अहिले मुख्यमन्त्री सहितको उक्त टोली आठबिसकोट नगरपालिकाको राडि बजारमा रहेको एक होटेलमा सुरक्षित रुपमा रहेको छ । मौसममा सुधार आएमा आजै उहाँहरु सुर्खेततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । 

डोल्पामा सञ्चालित एक मेलाको अवलोकन र पत्रिव धार्मिकस्थल त्रिपरासुन्दरी मन्दिर दर्शनका लागि उहाँ डोल्पा जानुभएको बताईएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:०६
प्रतिक्रिया दिनुहोस्