Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
दुई हेलिकोप्टर आकस्मिक अवतरण 

सुत्केरी बोकेको हेलिकोप्टर पनि आठबिसकोटमा आकस्मिक अवतरण

आइतबार, भदौ १६, २०८१
tribeni2
  • ललित चन्द 

रुकुम पश्चिमको आठबिसकोटमा सुत्केरी बोकेको एक हेलिकोप्टर आकस्मिक रुपमा अवतरण भएको छ । 

डोल्पाबाट सुत्केरी बिरामी बोकेर उडेको नाईन ए ०६६ नम्वरको हेलिकोप्टर खराब मौसमको कारण आठबिसकोट नगरपालिका ९ राडिको रंगशालामा अवतरण भएको हो । 

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरिक्षक नवराज पोखरेलका अनुसार डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिकाकी पदमी कुमारी बुढालाई हेलिकोप्टर मार्फत उद्धार गरेर सुर्खेततर्फ लिने क्रममा आठबिसकोटमा आकस्मिक अवतरण गरिएको हो । सुत्केरी पश्चात साल ननिस्केको र रक्तश्राव बढी भएपछि उहाँलाई हेलिकोप्टरमार्फत सुर्खेत लिदै गरिएको थियो । 

अहिले आठबिसकोट नगर अस्पतालका स्वास्थ्यकर्मीहरुले हेलिकोप्टर अवतरण गरिएकै स्थलमा पुगेर सुत्केरी महिलाको स्वास्थ्य उपचार गरिरहेको बताईएको छ । 

यस अघि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल चढेको हेलिकोप्टर पनि सोहि स्थानमा आकस्मिक अवतरण भएको छ । अहिले उक्त स्थानमा दुई वटा हेलिकोप्टर अवतरण भएका छन् । 

मुख्यमन्त्री चढेको हेलिकोप्टर आईतबार दिउँसो ३ः२५ बजे  र सुत्केरी बोकेको हेलिकोप्टर करिब ४ बजे आकस्मिक अवतरण भएको आठबिसकोट नगरपालिकाका प्रमुख रबि केसीले जानकारी दिनुभयो । मुख्यमन्त्री सहित पाँच जना चढेको सिम्रिक एयरको (कलसाईन नाईन एन –एकेडी) हेलिकोप्टर पनि डोल्पाबाटै फर्कने क्रममा आकस्मिक अवतरण भएको हो । 

ठुलो मात्रामा परेको पानीको कारण हेलिकोप्टर आकस्मिक अवतरण भएको प्रहरीको भनाई रहेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्