Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

शिक्षा योजना बनाउँदै पुथा उत्तरगंगा 

आइतबार, भदौ १६, २०८१
tribeni2

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले शिक्षा योजना निर्माणका लागि छलफल तथा अन्तरक्रिया गरेको छ । आईतबार गाउँपालिकाको सभाहलमा शिक्षा योजना निर्माणका लागि एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।  

यूनिसेफ नेपाल, यूरोपियन यूनियन, कालिका स्वाबलम्बन सामाजिक केन्द्र कपिलवस्तु र पुथाउत्तरगंगा गाउँपालिकाको समन्वय तथा साझेदारीमा संचालित गुणस्तरिय सिकाइका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिबृद्धि कार्यक्रमको आयोजनामा छलफल तथा अन्तरक्रिया भएको हो । 

गाउँपालिकाका शैक्षिक सरोकारवालाहरुसंगको उक्त कार्यक्रममा कालिका स्वाबलम्बन सामाजिक केन्द्रको संस्थागत परिचय, स्थानीय तहको शिक्षा क्षेत्र योजना र यसको निर्माण प्रक्रिया तथा चरणहरू, पुथा गाउँपालिकाको तथ्यांकिय अवस्था, विद्यालय शिक्षा क्षेत्र योजनाको मार्गदर्शन २०७९, योजना निर्माणमा तथ्यांकको खोजि तथा ब्यवस्थापन लगाएतका बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले ब्यवस्थित र कार्यान्वयनयोग्य योजना नभएका कारण शैक्षिक लगानीले प्रतिफल दिन नसकेको अवस्थामा पालिकाका वास्तविक अवस्था, अभ्यास र हालको परिणामहरुमा आधारित भएर अवको शिक्षा क्षेत्र योजना बनाउन पालिका अग्रसर रहेको बताउनुभयो । 

2c004d06-fcae-40f8-bddf-0b5a8e5b5ac6-1725202802.jpgपालिकामा यसअघि निर्माण गरिएको शिक्षा योजना सहभागितामूलक नभएकाले शैक्षिक समस्या तथा आवश्यकता समाबेश हुन नसकेका कारण कार्यान्वयनमा ल्याउन नसकिएको अवस्थामा तत्काल शिक्षा योजना निर्माण गरि कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता रहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत समिर गिरीले बताउनुभयो ।

उक्त छलफल तथा अन्तर्क्रियका कार्यक्रमबाट पालिकाको शिक्षा योजना निर्माणका लागि पालिका अध्यक्ष पुनिराज घर्तिको अध्यक्षतामा ७ सदस्यीय कार्यदल समेत निर्माण गरेको छ । कार्यदलले स्थानीय तहको शिक्षा क्षेत्र योजना निर्माण सम्बन्धी मार्गदर्शन, २०७९ ले निर्देशित गरे बमोजिम शिक्षा योजनाको मस्यौदा तयार गर्नेछ ।

नेपाल सरकारले जारी गरेको बिद्यालय शिक्षा क्षेत्र योजना ०७९-०८८ लाई स्थानीयकरण गर्दै पालिकाको तथ्यगत, बस्तुनिष्ट र कार्यान्वयनयोग्य शिक्षा योजना निर्माण गर्ने र चालु आ.व.बाट कार्यान्वयनमा लैजाने उदेश्यका साथ शिक्षा क्षेत्र योजना निर्माण गर्न थालिएको शिक्षा शाखा प्रमुख राम प्रसाद खड्काले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष  पुनिराज घर्तिको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत समिर गिरी, कार्यपालिका सदस्यहरु, वडाअध्यक्षहरु, शिक्षा समितिका पदाधिकारीहरु, पालिकाका शिक्षा शाखा प्रमुख रामप्रसाद खड्का, योजना शाखा प्रमुख सबिना भाट लगायत बिद्यालयबाट प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सहजिकरण कालिका स्वाबलम्बन सामाजिक केन्द्रका शिक्षा क्षेत्र योजना प्राबिधिक अधिकृत केशव कुमार बिसीले गर्नुभएको थियो ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २०:४८
प्रतिक्रिया दिनुहोस्