Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री

सोमबार, भदौ १७, २०८१
tribeni2

रुकुम पश्चिम । रुकुम पश्चिमका सामुदायिक विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । युवा नेता राजु केसीले जिल्लाको बाँफिकोट गाउँपालिकाका पाँच वटा विद्यालयका गरिव तथा जेहेन्दार  विद्यार्थीलाई कपी, कलम, पेनसिल,इरेजर,रिफिलसहितको शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।  

जनएकता माद्यामिक विद्यालय बाँफिकोट १ जिपु, जनकल्याण माद्यामिक विद्यालय बाँफिकोट २ जिपु बालकल्याण माद्यामिक विद्यालय बाँफिकोट ४ सिम्तारु, स्यापूताल माद्यामिक विद्यालय बाँफिकोट ३ र बिरेन्द्र माद्यामिक विद्यालय बाँफिकोट ४ का एसइइ दिने सवै जना र १ देखि ९ कक्षासम्म अध्ययनरत जेहेन्दार २० जना विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको वितरक केसीले बताउनुभयो । 

ग्रामीण भेगका गरिव तथा जेहेन्दार विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्यका साथ शैक्षिक सामग्री सहयोग गरेको समेत केसीले उल्लेख गर्नुभयो ।  

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्